बुटवल उपमहानगरपालिका १४ विनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीले बिहीबार साँझ फेसबुक स्टाटसमालेखिन् ‘खै कति बेला हुन्छ शरीरको हत्या के थाहा ?
उनले आफ्नो स्टाटस उनले पति अमृत खत्रीलाई ट्याग गरिन् । अर्को दिन बिहान ५ बजे घरको दोस्रो तलामा शव फेला पर्यो ।
दाइजो नल्याएको निउँमा लामो समयदेखि परिवारले उनलाई यातना दिइरहेको बनाइन्छ । प्रहरीले उनकी सासूलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्घाखाँची, गोखुङ्गाकी लक्ष्मीको ७ वर्षअघि रूपन्देहीमा विवाह भएको थियो । उनकी एक छोरी छन् भने श्रीमान् वैदेशिक रोजगारीको सिलसिलमा गएका छन् ।
प्रहरीले हत्याको जाहेरी लिन मानेको छैन् । बिहीबार बिहान सासूबाट कुटिएर घाइते भएपछि राति १० बजेसम्म घरमा रुवाबासी चलेको र बिहान उक्त घटना भएको छिमेकीले बताएका छन् ।





