ताजा समाचार

वैशाख २२ गते २०७६

साँझपख हावाहुरीसहित पानी पर्ने

आज (आइतबार) देशका केही पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले अनुमान गरेका छन् ।

अरु ठाउँको मौमस भने सामान्यतया सफा रहने मौसमविद् मिनकुमार अर्यालले बताएका छन् । तर मनसुन पूर्वको समय भएकाले बेलुकातिर भने सामान्य हावाहुरी र पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् अर्यालले बताए ।

यस्तै केही दिन अलि कम भएको देशको तापक्रम आजदेखि फेरि विस्तारै बढ्न शुरु हुने उनको भनाई छ । आज काठमाडौको अधिकतम तापक्रम २६ डिग्रि सेल्सियसदेखि २८ डिग्री सेल्सियसको हाराहारीमा रहने पनि उनले बताएका छन् ।