ताजा समाचार

वैशाख २२ गते २०७६

प्रदेश ५ को नाम लुम्बिनी !

प्रदेश नम्बर ५ को नाम लुम्बिनी रहने करिब निश्चित भएको छ। राजधानीको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई प्रदेशको नाम लुम्विनी राख्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको छ ।

स्थायी राजधानी रहने स्थानसमेत सिफारिस गर्न अधिकार पाएको समितिले राजधानीको टुंगो भने लगाउन सकेन। रूपन्देही, दाङ वा कपिलबस्तु राजधानी बनाउन सकिने सुझाव उपसमितिले दिएको छ ।

प्रदेश सभाको दुई तिहाई बहुमतले नामाकरण गर्नुपर्ने कानुनी ब्यवस्था छ।