१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कैलाली जिल्लामा एक ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
घोडाघोडी नगरपालिका–१२ शिवपुरका ८३ वर्षीय छोटेलाल डगौराले गत आइतवार साँझ स्थानीय १३ बर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सुखडाको प्रहरी टोलीले डगौरालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।




