चिर्पटले हानेर बाबुको हत्या


पश्चिम नवलपरासीमा चिरपट दाउरो प्रहार गरेर छोराले बाबुको हत्या गरेका छन् । सरावल गाउँपालिका–२ दंगिया बस्ने २२ वर्षीया जब्बर मुसलमानले शुक्रबार राती ४५ वर्षीया बाब अलाउद्दिनलाई सुतिरहेको बखत चिरपट प्रहार गरेका थिए । जब्बरको मानसिक सन्तुलन ठिक नभएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

चिरपट प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो । मानसिक सन्तुलन बिग्रेपनि बाबुले हरेक दिन छोरासँग झगडा गर्ने गरेको स्थानीयले बताएका छन् । त्यसदिन पनि झगडा भएपछि बाबु सुत्न गएका थिए । आवेगमा रहेका जब्बरले एक्कासी सुतिरहेको कोठामा गएर चिरपट प्रहार गर्दा उनको मृत्यु भएको हो । हत्या भएको जानकारी पाएर प्रहरी जाँदा अभियुक्त जब्बर घरमै टोलाएर बसेका थिए । उनलाई आवश्यक अनुसन्धानसहित कारबाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं