अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारका लागि छनोट समिति


अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले यसै वर्षदेखि वितरण गर्ने गरी अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गरेको छ । प्रत्येक वर्ष वितरण गरिने सो पुरस्कारको राशि २५ हजार ५ रुपैया नगद, कदरपत्र र दोसल्ला छ ।

प्रतिभा छनोटका लागि नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ । समितिमा पर्यटन समितिका कानुनी सल्लाहाकार अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी, समितिका सल्लाहाकार यमनाथ साप्कोटा र समितिका अध्यक्ष ललित गुरुङ सदस्य छन् ।

अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन तथा प्रसारण गर्ने १ सञ्चारकर्मीलाई सो पुरस्कारबाट पुरस्कृत गरिने समितिका अध्यक्ष ललित गुरुङले बताए ।
पुरस्कार अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा आँउदो जेठ १६ देखि २० सम्म घान्द्रुकमा आयोजना हुने दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा वितरण गरिने समितिका मिडिया संयोजक टंकराज अधिकारीले जानकारी दिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं