ताजा समाचार

वैशाख २० गते २०७६

कार खोला नजिकै खस्दा तीर्थ आचार्यको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकाको कैला खोला नजिकै आज बिहान कार खस्दा तीर्थ आचार्यको मृत्यु भएको छ ।

दाङबाट कपिलवस्तुको चन्द्रौटा तर्फ जाँदै गरेको बा १४ च ८४४५ नं को कार दुर्घटना हंँदा कारमा सवार रामपुर ६ दाङका ४७ वर्षीय आचार्यको मृत्यु छ भने लमही– ८ दाङका २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएका छन् ।

घाइते चौधरीको हाल प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक बाबुराजा पन्तले बताए । कार अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।