हिड्ने पुस्तकालय !

अमेरिकन दुतावासले सञ्चालन गरेको बुक बस बिहीबार पोखरा आइपुग्दा पुस्तक पढ्दै बालबालिका । विद्यार्थी, शिक्षक लगायतमा पढ्ने उत्प्रेरणा जगाउन दुतावासले २०१३ बाट यो सेवा सुरु गरेको हो । विद्यालय परिसरमा केही दिन पुस्तक बस राखेर विद्यार्थी र शिक्षकलाई पढ्ने संस्कार विकास गर्नु बुक बसको उद्देश्य रहेको इस्ट्रक्टर विन्दिया नागाले बताइन् । बुक बस सेवा पोखरामा यो बिहीबार र आइतबार उपलब्ध हुने उनले बताइन् ।