पोखरामा आइसिटी दिवस मनाइँदै

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटी दिवस) २०७६ विविध कार्यक्रमका साथ पोखरामा मनाइँदै छ । डिजिटल नेपाल ः विकास र समृद्धिको आधार भन्ने नाराका साथ यसपालिको दिवस मनाइँदै छ ।

दिवसको अवसरमा कम्प्युटर एसोसियन नेपाल महासंघ कास्की –क्यान कास्की)ले बिहीबार बिहान प्रभातफेरी निकालेको छ । साँझ पोखरामा आइटी पार्कबारे निर्माणबार प्रस्तुतिसहितको अन्तक्र्रिया हुने कार्यक्रम संयोजक सुनील पाण्डेले जानकारी दिए ।

प्रभातफेरिपछि क्यान कास्कीले वेबपेजसम्बन्धी कार्यशाला आयोजना गरेको छ । राष्ट्रिय आईसीटी दिवस प्रत्येक वर्ष नेपालमा मे २ का दिन मनाउँदै आइएको छ ।

सुचना प्रविधि विभाग तथा विभिन्न सुचना प्रविधि सम्बन्धित संस्थाहरूद्वारा विभिन्न कार्यक्रम सञ्चालन गरी यस दिनलाई राष्ट्रिय प्राविधिक उत्सवको रूपमा मनाईन्छ। हरेक वर्ष यसै दिन सुचना प्रविधि क्षेत्रमा रहि विभिन्न योगदान पुराउने व्यक्तित्वहरुलाई “राष्ट्रिय आईसीटी पुरस्कार” समेत प्रदान गरि सम्मान गरिन्छ ।

प्रभातफेरीमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान सहभागी भएका थिए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।