ताजा समाचार

वैशाख १९ गते २०७६

सहज सडक नभएपछि विद्यालय २ दिनका लागी बन्द

विराटनगर महानगरपालिकामा भइरहेको विकास निर्माणका क्रममा खाल्डो खनेर छाडिँदा विराटनगर ७ स्थित आदर्श बालिका माविको पठनपाठन अवरुद्ध बनेको छ ।

महानगरपालिका ७ स्थित टेलिकम मार्ग निर्माणका क्रममा ठुला ठुला खाल्डो खनेर सडक धराप बनेपछि विद्यालयको पठकपाठक एक महिनादेखि प्रभावित बनेको हो ।

पानी परेपछि उक्त खाल्डो थप धराप बनेपछि विद्यार्थी नआउदा मंगलबार विद्यालयमा पठन पाठन नै हुन नसकेको विद्यालयका प्राचार्य धनश्याम पोखरेलले बताए । पैदल हिडेर पनि विद्यालयसम्म आइपुग्न सक्ने अवस्था नरहेपछि विद्यालयले २ दिनका लागि विद्यालय विदा गरेको छ ।

करिब एक महिना देखि उक्त सडकमा निर्माणको काम भइरहेको भए पनि कामले गति लिन नसक्दा बालबालिकालाई विद्यालय आउनजान समस्या भएको उनले बताए । विद्यालयसम्म आइपुग्न दुईवटा बाटोहरू भएपनि दुवै बाटोमा ठुला ठुला खोल्डो खनेर छाडिँदा समस्या भएको उनले बताए ।

सडकका कारण नै विद्यालयको भर्ना अभियनसमेत प्रभावित भएको प्राचार्य पोखरेलले बताए । विद्यालयसम्म आउने सडकमा खाल्डो खनेर छाडिँदा अभिभावकहरूले आफ्नो बच्चालाइर् भर्ना गराउन नल्याएको उनले बताए ।विद्यालयमा कक्षा एक देखि १० सम्म ४ सय विद्यार्थी अध्ययनरत छन् ।

महानगरपालिका अन्तर्गतको आरयुडीपी परियोजनाका प्रमुख भरत न्यौपानेले अप्ठ्यारो ठाउँमा मेन होल बनाउनु पर्दा सडक अवरुद्ध बनेको बताए । ुकेही दिनभित्रै काम सम्पन्न गर्ने उनले बताए ।