ताजा समाचार

वैशाख १८ गते २०७६

कर्मचारीलाई प्रविधि सम्बन्धी सचेतना

संस्थामा कार्यरत कर्मचारीहरुलाई प्रविधिकोे प्रयोगमा दक्ष बनाउने लक्ष्यका साथ आदर्श सञ्चार संस्था लिमिटेड बागलुङले बुधवार एक दिने प्रविधि सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ ।

सूचना र सञ्चारसंगै वित्तीय क्षेत्रमा काम गर्दै आएको संस्थाले संस्थाका सबै कर्मचारीलाई सूचना र सञ्चारसंगै अन्य नया प्रविधिका क्षेत्रमा समेत सक्रिय बनाउने उदेश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

प्रविधिको ज्ञान पाएमा मात्रै जनशक्ति प्रतिस्पर्धी बन्ने र व्यवसायिक रुपमा अगाडि बढ्ने भएकाले प्रविधिमैत्री जनशक्तिमा जोड दिइएको संस्थाका अध्यक्ष अञ्जु जिसीले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीमा सूचना, सञ्चार र प्रविधिको महत्वका बारेमा सहजीकरण गर्दै सूचना र जानकारीको भण्डारका रुपमा रहेको सहकारी क्षेत्रमार्फत आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि प्रविधिको अधिकतम उपयोगमा जोड दिनुभयो । कार्यक्रममा संस्थाका कर्मचारी र सञ्चालक गरी २५ जनाको सहभागिता रहेको थियो ।