म्याग्दीको बेनी नगरपालिका–५ चुत्रेनी स्थित बेनी दरबाङ सडक खण्डको बाटो निर्माण गर्ने क्रममा बुधवार विहान १२.०० वजे माथिबाट ढुंगामाटोको ढिस्को खस्दा एक मजदुरको मृत्यु भएको छ ।
बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारा निवासी ३५ बर्षीय कालुराम थारुको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।बाटो माथिबाट खसेको ढिस्कोको ढुंगामाटोले पुरिएका थारुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।




