ताजा समाचार

वैशाख १८ गते २०७६

बागलुङमा अव छिट्टै केवल कार सरर,यो ठाँउमा हुदैछ तयारी

चीनको एक कम्पनीले बागलुङमा केवलकार सञ्चालन सम्भाव्यता अध्ययन गरेको छ । बेइजिङ गुड यू रोपवे कम्पनी लिमिटेडले बागलुङ नगरपालिका वडा न.४ वडारचौरदेखि वडा न. ६ पञ्चकोटसम्मको केवलकार सञ्चालन सम्भाव्यता अध्ययन गरेको हो ।

कम्पनीका कार्यकारी प्रमुख रुवान बिआओ नेतृत्वको एक समुहले २४ डिब्बा सहितको केवलकार सञ्चालन गर्न सकिने बताएको छ । वडारचौरदेखि पञ्चकोटसम्म निर्माण गरिने केवलकार जमिनको भागदेखि २५/१५ मिटर , उचाई ७/१० मिटर रहनेछ भने तल्लो स्टेशन अर्थात वडारचौरदेखि पञ्चकोट पुग्नको लागि जम्मा १४ मिनेट लाग्ने कम्पनीका कार्यकारी प्रमुख बिआओले बताए ।

केवलकार निर्माणको लागि ५५ देखि ६० करोड रुपैयाँ लाग्ने श्याम अधिकारीले बताए । पब्लिक प्राईभेट पार्टनरसिप (पिपिपि)मोडेलमा निर्माण गरिने केवलकार निर्माण सुरु गरेको एक वर्ष भित्रै सम्पन्न हुने उनको भनाई छ । यूरोपियन प्रविधिको प्रयोग गरि बनाईने केवलकारले दिनमा तीन हजार मान्छे बोक्ने क्षमता राख्ने छ ।

अहिलेसम्म विश्वमा सञ्चालन भएका केवलकारहरु घाटामा नगएको बताउँदै उनले केवलकार सञ्चालन आए जिल्लाकै पर्यटन र आर्थिक क्षेत्रमा विकास हुने बताए । उनले केवलकारबाट ४ वर्षदेखि नै नाफा आउने बताए ।

बागलुङका नगर प्रमुख जनक पौडेलले केवलकार बागलुङ नगर विकासको एक सम्भाव्य भएको बताए । वडा न.४ का वडा अध्यक्ष धु्रवबहादुर केसीले केवलकारले स्थानीयलाई थप रोजगार मिल्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्ने बताए ।

खास गरि पञ्चकोट धार्मिक क्षेत्र भएकोले केवलकार निर्माण गरिएसंगै भारतीय पर्यटकको संख्या बढ्ने उनको भनाई छ । केवलकार ३० वर्षको लागि हुनेछ ।