धनुषाका एक युवा सौतेनी आमालाई करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्लाको बिहारी नगरपालिका–५ मा २८ वर्षकी महिलालाई करणी गरेको आरोपमा २५ वर्षका युवक मंगलबार दिउँसो पक्राउ परेका छन् । महिला युवकका बुबाको कान्छी श्रीमती रहेको प्रदेश–२ प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





