१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)को पूर्व सन्ध्यामा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ७१ युनिट रगत संकलन भएको छ ।
अखिल नेपाल स्वास्थ्य श्रमिक संघ र फिस्टेल हस्पिटल इकाई समितिमाृ सहआयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ७१ युनिट रगत संकलन भएको छ । मंगलबार आयोजित सो रक्तदान कार्यक्रमको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व सभासद् राजकाजी गुरुङ “करण”ले पहिलो रक्तदाता अखिल नेपाल ट्रेड युनियन महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रूद्र गौतमलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।
सो अवसरमा नेता करणले मजदुरहरूकै आन्दोलन र साथले समाजवादउन्मुख नयाँ संविधान निर्माण भएको भन्दै देशको तीव्र आर्थिक विकासमार्फत् समाजवादी लक्ष्य हासिल गर्न अघि बढ्नुपर्ने वर्तमान अभिभारा भएको बताए ।
कार्यक्रममा फिस्टेल हस्पिटलका निर्देशक डा. वसन्त ताम्राकारले रक्तदानले कुनै हानी नगर्ने बरु रगत अभावमा छटपटिरहेका बिरामीका लागि जीवनदान हुने बताउँदै रक्तदान कार्यक्रम गर्नु पवित्र कार्य भएको बताए ।




