सामाजिक रुपान्तरणमा श्रमको उपयोग गरौं : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिएका छन् ।

मंगलबार शुभकामान सन्देश जारी गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य साकार पार्ने आधार पनि श्रमिक वर्ग नै भएको विचार राखेका छन् । उनले श्रम र श्रमिकप्रति सम्मान गर्दै देशको आर्थिक सामाजिक रूपान्तरणमा श्रमिकको पूर्ण क्षमता उपयोग हुनुपर्नेमा जोड दिएका छन् ।

स्वदेश तथा विदेशमा मजदुरी गर्नेहरुलाई मुख्यमन्त्रीले सुख, समृद्धि एव अधिकारको सुनिश्चततासहित मर्यादित जीवनको कामना गरेका छन् । नेपालको हरेक युगान्तकारी परिवर्तनका आन्दोलनमा श्रमिक वर्गले निर्वाह गर्दै अएको भूमिकाको प्रशंसा गर्दै सन्देशमा भनिएको छ, ‘कुनै पनि निर्माणका आधार भनेका श्रमजीवी वर्ग नै हुन् ।’

श्रमिकको अधिकार स्थापित भएको दिनका रुपमा प्रत्येक वर्ष मे १ लाई श्रमिक दिवसका रुपमा मनाउने गरिन्छ ।