भीरबाट लडेर रसियनको मृत्यु

गोरखाको चुमनुब्री गाउँपालिका ३ स्थित भिरबाट चुम भ्याली गई फर्कदैँ गरेका रसियनको मंगलबार ज्यान गएको छ । ६८ वर्षका जेटसेभ अलेक्जेन्डरको भीरबाट लडेर मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाएपछि तत्काल प्रहरी टोली खटिई गई थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा प्रवक्ता गोबिन्द पुरीले जानकारी दिए ।

कास्कीमा शव फेला
स्याङजाको वालीङ नगरपालिका ५ बस्ने वर्ष ६२ की मिना खड्काको शव फेला परेको छ । पोखरा महानगरपालिका १० रामघाट स्थित पश्चिम क्षेत्रीय अस्पताल अगाडी होटलमा बसेकी खड्का बिहान खाटभन्दा तल भुईमा मृत फेला परेकी हुन् ।