कांग्रेस नेतृ पाण्डेद्धारा पाठ्यपुस्तक वितरण

नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले विद्यार्थीका लागि पाठ्यपुस्तक वितरण गरेकी छन् । उनले आफ्नो २३ औ वैवाहिक बर्षगाँठको अवसर पारेर कास्कीको माछापुच्छे गाउँपालिका वडा नं २ मा अवस्थित बाराही आधारभूत विद्यालयका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेकी हुन ।

पाण्डेले कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि करिव ७० हजार बराबरको पुस्तक वितरण गरेकी हुन् ।

उक्त अवसरमा कोषाध्यक्ष नेतृ पाण्डेले राज्यले शिक्षालाई निःशुल्क भनेता पनि ब्यवहारमा कार्यान्वयन हुन नसकेको बताइन् ।

‘अझै पनि विपन्न वर्गका विद्यार्थीले शिक्षाको अधिकारलाई उपभोग गर्न अनेक समस्या झेल्न परेको छ’, उनले भनिन्, ‘स्थानीय सरकारले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा लगानी बढाइ पढ्न पाउने अधिकारको सुनिश्चत गर्न आवश्यक छ ।’

पत्रकार सरिता तिम्सिना पगेनीले शिक्षा पाउनु बालबालिकाको मौलिक हक भएको भन्दै कुनै पनि बाहानामा शिक्षाको अधिकारबाट बालबालिका बञ्चित गराउन नहुने बताइन् ।

बाराही आधारभूत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मिमबहादुर गुरुडको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छे गाउँपालिका वडा नं २ का सदस्य गणेश आचार्य, विद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्य, शिक्षक मनु गुरुड लगायतले बोलेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । २०२१ सालमा स्थापित विद्यालयमा ५४ जना विद्यार्थी अध्ययनरत छन् ।