रोल्पाको त्रिवेणी गाउँपालिकाको जुगारमा मंगलबार मुख्यमन्त्रिलाई लक्षित गरि फेरी पनि बम विस्फोट गराईएको छ ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बम विस्फोट भएको हो । रोल्पा स्थित तिला पर सडक नजिकै जंगलमा बम विस्फोट भएको प्रदेश ५ सभाका सांसद दीपेन्द्रकुमार पुनले जानकारी दिए ।
सदरमुकाम लिबाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने नेकपाको आमसभामा सहभागी हुन मुख्यमन्त्री पोखरेल त्यसतर्फ जाँदै थिए । उक्त समयमा बम विस्फोटको भएको खबर आफूले पाएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए ।
तर, मुख्यमन्त्रीसँगै गएका रोल्पा प्रहरी प्रमुख डीएसपी दीपक खड्काले भने बम विस्फोट भएकोबारे आफूलाई कुनै जानकारी नआएको बताए ।
सोमबार पनि मुख्यमन्त्री पोखरेललाई लक्ष्य गरी रोल्पा सदरमुकाम लिबाङ नजिकै तित्रीकोट जंगल क्षेत्रमा विस्फोट भएको थियो । घटनाको जिम्मा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले लिइसकेको छ ।






