पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारलाई कमजोर बनाउन महासचिव विष्णु पौड्याल माथि आक्रमण भएको बताए ।

नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पौडेलबारे भ्रम फैलाइएको बताएका हुन् ।

पौडेलले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले महासचिवमाथि आक्रमण गरेर पार्टी र सरकार कमजोर बनाउन खोजिएको पनि उनले दाबी गरे ।

प्रधानमन्त्री निवास बालुवाटार (ललिता निवास) सँगै जोडिएको आठ आना सरकारी जग्गा पौडेलका छोरा नवीनको नाममा देखिएपछि नेकपा भित्रबाटै पौडेलको आलोचना भइरहेका बेला
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनेहरुको खोजि भइरहेको भन्दै प्रधानमन्त्री ओलीले क-कसले सरकारी जग्गा हडपेका छन् सरकारले अध्ययन गरिराखेको बताए ।