जुम्ल्याहा बालिकालाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुर नगरपालिका–१,० मूलढोका बस्ने २६ वर्षीय सुनिल शिल्पकार र काभ्र्र्रे रोशी गाउँपालिका ७ घर भई हाल भक्तपुर कमल विनायक बस्ने १८ वर्षीय विशाल तामाङ्गलाई पक्रेको हो ।
रामेछाप घर भएका १५ वर्षीया जुम्ल्याहा २ बालिकालाई गत १३ गते ललाई फकाई कमलविनायकको फेमिली गेष्ट हाउसमा लगेर बलात्कार गरेको किटानी जाहेरीका आधारमा वैशाख १४ गते राति २ जनालाई गिरफ्तार गरिएको हो ।




