विहे गर्ने प्रलोभन देखाएर बालिका बलात्कार गर्ने एक जना पक्राउ परेका छन् ।
पूर्वी नवलपरासीको कावासोतीमा १६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती-११ लौखानी निवासी २६ वर्षीय आशाराम माझीलाई पक्राउ गरेको हो ।
विवाह भएर श्रीमतीले छाडेपछि एक्लै बसेका माझीले बालिकालाई विवाह गर्ने लगायतका प्रलोभन देखाइ नियमित बलात्कार गरेको प्रहरीलाई बयान दिएका छन् ।
पछिल्लो समय आशारामले ती बालिकालाई बलात्कार गरेको गाउँलेहरुले नै देखेपछि प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले माझीलाई आइतबार पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।




