म्याग्दीको मंगला गाउँपालिका ५ छिस्वाङमा गाँजा फडानी र नष्ट गरिएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानीयबासी र प्रहरीको टोलीले प्राकृतिक रुपमा उम्रिएका गाँजाका बिरुवा उखेलेर आगो लगाई नष्ट गरेका हुन् ।
१५० जनाको उपस्थितमा ३ रोपनी खाली जग्गामा तीन क्विन्टल गाँजाका बिरुवाहरु फडानी गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । यसअघि पनि सो क्षेत्रमा लागु औषधको कच्चा पदार्थको रुपमा प्रयोग हुने गाँजा फडानी गरिएको थियो ।




