वडाबासीलाई विपद पूर्वतयारी तालिम

पोखरा महानगरपालिकाको वडा नं १५ का वडाबासीले विपद व्यवस्थापन पूर्व तयारी सम्बन्धि तालिम लिएका छन् ।

वडा कार्यालयको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा १५ को आयोजनमा शनिबार र आईतबार गरी वडा बासीलाई तालिम दिईएको हो ।

तालिममा विपदपूर्व कसरी तयारी गर्न सकिन्छ?जोखिम कम गर्न के–कस्ता उपाय अपनाउन सकिन्छ?जोखिम न्यूनिकरण भनेको के हो ? लगायतका विषयमा सिकाईएको थियो । तालिममा नेपाल रेडक्रस सोसाइटी कास्की अन्र्तगतउत्थान शिलनगर प्रवद्र्धन र सहभागिता कार्यक्रमका देवनारायण पौडेल र नवराज भण्डारीले सहजिकरण गरे ।

आईतबार आयोजित समापन कार्यक्रममा बोल्दै वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले विपद जुनसुकै बेला पनि आउन सक्ने भएकाले सदैव पूर्ववत अवस्थामा तयारी रहनुपर्ने बताए । वडाभित्रका संकटासन्न अवस्थाको पहिचान गरी आवस्यकताको आधारमा थप कार्यक्रम संचालन गरिने उनले जानकारी दिए ।