प्रतिक अफसेटमा नया प्रविधीको डिजिटल प्रिन्ट

प्रतिक अफसेट प्रेसले छरितो छपाइका लागि डिजिटल मेशिन भित्राएको छ ।

आफ्नो स्थापनाको २० औं बार्षिकोत्सवको सन्दर्भमा अफसेटले ५० लाख मुल्य वरावरको डिजिटल मेशिन भित्राएको हो । डिजिटल मेशिनबाट आफ्नो फोटो सहितको मायाको चिनो छपाइ गरि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सेवाको शुभारम्भ गरेका हुन् ।

मेसिनबाट छितो छरितो रुपमा काम गर्न सकिने अफसेटका सञ्चालक पदमलाल श्रेष्ठले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले छपाइका अत्याधुनिक प्रविधी पोखरामा भित्रिएसंगै छपाइका लागि पोखरा बाहिर जानु नपर्नेमा जोड दिए ।

मुद्रण उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष देविप्रसाद अर्यालले छपाइ व्यवसायमा प्रतिस्पर्धा रहेकोले भारतबाट आउने तयारी छपाइको तुलना कच्चा पद्धार्थमा लाग्ने करका कारण महङ्गो पर्न जाने हुँदा कच्चापद्धार्थमा लाग्ने कर प्रति सरकारले विचार गर्नुपर्ने बताए ।