कन्हैया कुमारलाई भोट माग्दै पूर्व मुख्यमन्त्री

मध्यप्रदेशका पूर्व मुख्यमन्त्री तथा आई कांग्रेसका नेता दिग्विजय सिंह कम्युनिष्ट उम्मेदवार कन्हैया कुमारको समर्थनमा उत्रिएका छन् ।

भोपालबाट लोकसभा चुनाव लडिरहेका दिग्विजयले बेगूसरायबाट चुनावी प्रतिस्पर्धामा रहेका कन्हैया कुमारको समर्थन गर्दै भाजपा तथा आरएसएसका युवाहले आफैँ देश विरोधी नारा लगाएर अरुलाई बदनाम बनाएको दाबी गरे ।्

दिग्विजय सिंह आइतबार भोपालस्थित भारतीय कम्युनिस्ट पार्टीको कार्यालयमा पुगेका थिए । दिग्विजयले भने, ुम बिहारको बेगूसराय लोकसभा सिटबाट चुनाव लडिरहेका कन्हैया कुमारको समर्थनमा छु । ८ र ९ मेमा कन्हैयाकुमारको समर्थनमा प्रचारका लागि भोपाल गइरहेको छु ।ु महात्मा गान्धी र कार्ल मार्क्समा थोरै मात्रै फरक थियो । यो हाम्रा लागि जीवन मरणको सवाल पनि हो ।