स्याङजामा आज मृत अवस्थामा चितुवा फेला परेको छ ।
वालिङ नगरपालिका-११ र भिरकोट नगरपालिका- ५ को सिमानामा पर्ने कुसुन्डे खोलामा चितुवा जस्तो बाघ मृत अवस्थामा फेला परेको स्थानियले बताएका छन् ।
स्थानियले प्रहरीलाई जानकारी दिएपछि थप अनुसन्धान भैरहेको प्रदेश प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिएका छन् । खबर प्राप्त हुनासाथ वन कार्यालयलाई पनि जानकारी गराईएको छ ।




