हावाहुरीको आवाज सुन्ने वित्तिकै डरले २ जनाको मृत्यु

हावाहुरी आएको अवाज सुनेपछि डरले धनुषामा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो ।

स्थानीयका अनुसार उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको हो ।