नेपाल आयल निगमले सातै प्रदेशमा ग्यास र पेट्रोल पम्प खोल्ने भएको छ । सरकारी निकाय साल्ट ट्रेडिङ कर्पोरेसन मात्रै ग्यासको बोटलिङ र बिक्री वितरण गरिरहेको छ ।
निजी क्षेत्रको प्रभुत्व तोड्न निमगले ग्यासको बोटलिङ प्लान्ट आफैं चलाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिले प्रत्येक प्रदेशका बोटलिङ प्लान्ट निर्माण गर्ने निर्णय गरेको हो । सोही बैठकले सबै प्रदेशका आधुनिक पेट्रोल पम्प पनि खोल्ने निर्णय गरेको हो ।
४६ वर्षदेखि ग्यास उद्योगमा निजी क्षेत्रको एकाधिकार छ । पेट्रोल पम्प भने सुरक्षा निकायको पनि लगानी छ । अहिले नेपालमा मासिक करिब ३२ हजार मेट्रिक टन ग्यासको माग छ ।




