माता तालबाराही आरतीलाई सक्दो सहयोग गर्छु

गण्डकी प्रदेशका सांसद राजिव पाहारीेले फेवातालको किनारामा भईरहेको माता तालबाराही आरतीलाई सक्दो सहयोग गर्ने बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाले नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा सांसद राजिव पाहारीले रेडक्रसले आफ्नो निरन्तर प्रयासले फेवातालको विकासका लागि प्रयासहरु भईरहेको अझै पनि आफ्नो अर्जुनदृष्टी फेवातालको विकासका लागि रहेको बताए ।

प्रदेश सरकारले आन्तरीक भ्रमणवर्ष घोषणा गरिरहदा यस्ता क्रियाकलापहरुलाई सहयोग गर्नुपर्ने उल्लेख गरे । साथै उनले रेडक्रसले समाजमा पर्ने विपदमा अग्रस्थानमा रहेर काम गरिरहेको बताउदै आगामी दिनमा रेडक्रसका सिद्धान्तअनुसार अगाडी बढ्न रेडक्रसकर्मीहरु लाग्नुपर्ने बताए ।