माछापुच्छे« गाउँपालिका ३, घाचोक स्थित परिवर्तनका लागि युवा सञ्जाल(युनेक) नेपालको आयोजनामा आइतबारदेखि सुरु हुने तेस्रो घाचोक माछापुच्छे« महोत्सवको तयारी पूरा भएको छ । महोत्सव २१ गतेसम्म चल्नेछ ।
आयोजक युनेक नेपालले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको हो । मूल आयोजक समिति सदस्य सचिव रेशम नेपालीले महोत्सवका आकर्षणमा अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, युनेक डान्सिङ आइडल(सिजन २) को ग्रान्ड फिनाले, मौलिक झाँकी प्रदर्शनी तथा योग प्रतियोगिता लगायत रहेको बताए । रत्यौली प्रतियोगिता, दूध र बदामबाट बनेका परिकार, होमस्टेमा बस्ने व्यवस्था, हास्य कलाकारका प्रस्तुति तथा युनेक नेपाल सामाजिक सेवा पुरस्कार पनि सोही समारोहमा प्रदान गरिनेछ ।
संस्थाका अध्यक्ष मौसम कार्कीले उत्सवको रुपमा मनाउँदै आएको मेलालाई यस पटक महोत्सवको आकार दिइएको बताए । उनले महोत्सवमा ६५ वटा स्टल रहने छन् । १५ वटा स्टल कृषि प्रायोजनका लागि निशुल्क उपलब्ध गराइने भएको छ ।
आयोजकले महोत्सवले गण्डकी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सहयोग पु¥याउने विश्वास लिएको छ । जसका लागि २० घरमा होमस्टे निर्माण गरिएको छ । महोत्सवको उद्घाटनको दिन ती होमस्ट पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
महोत्सव गर्न २३ लाख १५ हजार खर्च लाग्ने अनुमान पनि गरिएको छ । माछापुच्छे« गाउँपालिकामा उत्पादित कृषि तथा हस्तकलाका सामग्रीको प्रदर्शनी तथा प्रचारप्रसार, मौलिक कला संस्कृति संरक्षण र प्रवद्र्घन, नवप्रतिभालाई उपयुक्त अवसर, पर्यटन प्रवद्र्घन लगायतका उद्देश्य राखेर महोत्सव गर्न लागिएको हो ।




