आसारामका बाबुछोरै बलात्कारी ठहर

भारतमा धर्मको नाममा व्यापार गर्दै आएका अभियन्ताहरू दाबकी गर्नेहरु एकपछि अर्को अपराधमा दोषी ठहर हुँदै गएका छन्।
यौन शोषण र हत्यामा हिन्दु धर्मका बाबाहरू अदालतबाट दोषी ठहर हुन थालेका छन्। आसाराम बापु, गुरुमित सिंह, चन्द्रस्वामी, रामपाल, नित्यानन्द स्वामी र स्वामी भीमानन्द यिनै अभियोगमा मुद्दा खेपिरहेका छन्।

आसाराम बापु र उनका छोरा नारायाण साई बलत्कारी ठहर भएका छन्। एक वर्षअघि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा जोधपुर अदालतले धर्मगुरु आसारामलाई दोषी ठहर गरी आजीवन काराबास सजाय सुनाएको थियो।

शुक्रबार सुरतको सेसन अदातलले आसारामका छोरा नारायणलाई पनि दोषी ठहर गरेको छ। उनीमाथि कति सजाय हुने भन्ने विषयमा ३० अप्रिलमा अदालतले निर्णय सुनाउने छ।

बलात्कार अभियोगमा पक्राउ गरे लगत्तै नारायणले जेलबाट छुट्ने प्रयास गरेका थिए। उनले आफ्ना पाँच साथीमार्फत् मुद्दा मिलाउन ५ करोडसमेत बुझाएका थिए। उक्त प्रकरणमा प्रहरीले २०७० मंसिर २८ गते उनका पाँच साथी र एक सव इन्स्पेक्टरलाई पक्राउ गरेको थियो।