दुर्घटनामा स्कुटर चालक घाइते

शुक्रबार दिउँसो पोखराको जिरो किलोमिटरमा भएको दुर्घटनामा स्कुटर चालक घाइते भएकी छन् । पोखराको लेकसाइडबाट आइरहेको ग १६ प ९४७ नम्बरको स्कुटर र पृथ्वीचोकबाट हरिचोकको लागि छुटेको ग १ ज ६७११ नम्बरको माइक्रो बस शुक्रबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा आपसमा ठोक्किएका हुन् ।।

स्कुटर चाचलक अन्दाजी २२ वर्षकी अस्मीता थापा घाइते भएकी छन् । उनको रिजनल हस्पिटल जिरो किमीमा उपचार भइरहेको छ । प्रहरीले गाडी चालक २१ वर्षका राजु नेपाली र गाडी नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।