अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्जको नारायणी यातायात सवारी चालक अनुमति कार्यालय नजिकै २ जना विचौलियालाई शुक्रबार घूससहित पक्राउ गरेको छ ।
लाइसेन्स बनाइदिए बापत सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घूस लिँदै गर्दा अख्तियारले स्थानीय रोशन रौनियार र बाराका सुनिल यादवलाई नियन्त्रणमा लिएको हो । रौनियार र यादव लेखापढीमा संलग्न छन् । उनीहरुले स्काभेटरको लाइसेन्स बनाइ दिएबापत पहिलो खेपमा ३५ हजार रुपैयाँ लिइसकेको र थप ३५ हजार माग गरेको अख्तियारले जनाएको छ ।
सारुले गत फागुन १८ गते स्काभेटरको अनुमति पत्रका लागि ट्रायल परीक्षा दिए पनि उनी फेल भएका थिए । फेल भएपछि पनि लाइसेन्स निकाल्ने मार्ग खोजी गर्दा उनी रौनियार र यादवकहाँ पुगेका थिए ।






