पोखरामा राष्ट्रिय फोटो पत्रकारिता दिवस

पोखरामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाईएको छ ।

फोटो पत्रकारिता दिवसको अवसर पारी पर्यटकीय नगरी पोखराको बाराही चोकमा फोटो प्रदर्शनी गरेर गण्डकी क्षेत्रको प्रचारप्रसार गरिएको हो।

सोहि अवसरमा गण्डकी प्रदेशभित्रका विभिन्न पर्यटकीयस्थलहरूको फोटो प्रदर्शन गरिएको छ। पोखराको फेवाताल, सराङ्कोट, माछापुच्‍छ्रे, मनाङ, मुस्ताङ, लम्जुङलगायतका जिल्लामा पुगेर पत्रकारहरूले खिचेका तस्वीरहरू प्रदर्शनीमा राखिएको फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कृष्णमणि बरालले जानकारी दिए।

तस्वीर स्वदेशी तथा विदेशी पर्यटकहरूले अवलोकन गरिरहेको फोटो पत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङले जानकारी दिए।