भारतीयलाई नेपाली नागरिकताको सिफारिस दिलाएपछि

भारतीय नागरिकलाई नेपाली नागरिकताको लागि सिफारिस दिएको छ ।

कचनकवल गाउँपालिकाको २ को वडा कार्यालयले भारतीय भूपाललाई गाउँकै बासिन्दा भनेर नागरिकताको लागि सिफारिस गरेको हो ।

उनले वडा २ का बमबहादुर गुरुङ र चन्द्रकला गुरुङको जेठो छोरा बनेर सिफारिस लिएका हुन् ।

भूपाल वडाको सिफारिस लिएर नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासन अधिकृत गौरव ढुंगेलले सोधपुछ गर्दा उनी भारतीय भएको खुलेको हो ।