अन्नपूर्णमा हराएका मलेसियनको मेडिसिटी अस्पतालमा उपचार हुँदै

अन्नपूर्ण प्रथम हिमालको आरोहणका क्रममा हराएका एक मलेसियाका एक नागरिकलाई उद्धार गरि मेडिसिटीमा उपचार भैरहेको छ ।

आठ हजार मिटर भन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेर फर्किदा चिन हराएका मेलेसियाका ४८ वर्षे वि किन चिनको सिम्रिक एयरको हेलिकप्टरले उद्धार गरेको हो ।

उनि हराएको खवर बुधबार साँझ आएको र बिहीबार उज्यालो हुनासाथ क्याप्टेन सिद्धार्थजंग गुरुङ सिम्रिक एयरको हेलिकोप्टर लिएर खोजीका लागि उडेका थिए ।

हेलिकोप्टरबाट पाईलट सिद्धार्थजंगले हात हल्लाइरहेका चिनलाई देखेपछि एयरलाईन्समा खवर गरेको र क्याप्टेन विवेक खड्का नेतृत्वको लङलाइन उद्धार टोलीले उनलाई उद्धार गरको सिम्रिकका मार्केटिङ हेड योगेश सापकोटाले जानकारी दिए ।

काठमाडौंबाट उडेको हेलिकोप्टरले आधार शिविरभन्दा केही माथि नै उद्धारमा दक्ष शेर्पा टोलीलाई झारेको र शेर्पा टोली ती पर्यटक भएका ठाउँसम्म पुग्न ४ घन्टाभन्दा बेसी लागेको थियो ।

अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी फर्कने क्रममा हराएपछि बिमा कम्पनी ग्लोबल रेस्क्युलाई खवर गर्दा बेवास्ता गरेको श्रीमती चिनले बताएकी छिन् । तर विमा कम्पनी ग्लोबलले बेवास्ता गरेपछि सिम्रिक एयरलाई खवर गरेपछि उद्धारका लागि टोलि खटिएको थियो ।

सिम्रिकसँग उद्धारका लागि हाइअल्टिच्यूडमा पनि उड्न सक्ने हेलिकोप्टर, साहसी पाइलट र उद्धारमा दक्ष शेर्पा टोली पनि रहेको छ ।