आइतबार सम्मको मौसमको चेतवनी यस्तो छ

आज विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रमा पानी पर्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । उपत्यकाको अधिकांश क्षेत्रमा अहिले पानी परिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार पश्चिम पहाडका केही स्थानमा पनि आज वर्षाको सम्भावना छ । तर त्यस्तो ठूलो वर्षा र हावाहुरीको सम्भावना नरहेको उनले बताइन् ।

पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखाका कारण मौसम बदली भएको मौसमविद् पोखरेलेको भनाइ छ ।

मौसम बदली शनिबार सम्म उस्तै रहने उनको अनुमान छ । पर्सि आइतबार पनि पूर्वमा मौसम खराब हुने देखिन्छ ।