श्रीमतीलाई जिउँदै जलाएर पति फरार, कता जाँदै छ समाज ?

धनुषामा एक नवविवाहिता निर्मला यादवलाई पतिले मट्टीतेल छर्केर जलाएको घटनाको २ साता नवित्दै सिरहामा फेरि यही क्रूर यातना महिलाले भोग्नु परेको छ ।

घरायसी विवादमा सिरहा ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई पति बेचन मण्डलले मट्टीतल खन्याएर आगो लगाएका छन् । कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ ।

कञ्चनका पति बेचन मण्डल फरार भएका छन् भने प्रहरीले उनकी सासुलाई नियन्त्रणमा लिइको छ । कञ्चनलाई घटनाकै बेला उद्धार गरेर प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

घटना बिहीबार विहान ११ बजेतिरको हो ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।