निर्माण साइटमा दुर्घटना हुदा ११ जना मजदुरको मृत्यु

उत्तरी चीनमा बिहीबार बिहान निर्माण कार्यमा प्रयोग भइरहेको इलिभेटर भत्किदाँ कम्तीमा ११ जना कामदारको मृत्यु हुनुका भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहले जानकारी दिएका छन् ।

चिनको हेङ्गसइ शहरको ताआचेङ जिल्लामा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे दुर्घटना भएको हो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।