अण्डाको मुल्य घटेपछि किसान आन्दोलनमा

अण्डाको मुल्य घटेपछि चितवनका अण्डा उत्पादक किसानहरु आन्दोलनमा उत्रेका छन् ।

अण्डाको मुल्यमा अस्वभाविक गिरावट आएकोे भन्दै पछिल्लो चरणको आन्दोलन स्वरुप नेपाल अण्डा उत्पादक संघको केन्द्रिय कार्यालयमा तालाबन्दि गरेका हुन्।

साथै उनीहरुले अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष त्रिलोचन कंडेलको कुर्चीमा तोडफोड गरेका छन् । विचौलियाको साँठगाठमा उत्पादक सघंपछि लागेको आरोप लगाउदैं किसानहरु आन्दोलनमा छन् ।

उनीहरुले भरतपुरको लायन्सचोकबाट पुलचोक हुदैं संघको केन्द्रिय कार्यालयमा विरोध र्याली समेत गरेका थिए । औचित्यहिन समितिका पदाधिकारीको राजीनामा समेत उनीहरुले माग गरेका छन् ।

त्यसैगरी प्रचण्ड सहित जनप्रतिनिधिहरुलाई समेत ध्यानाकर्षण गरिएको पश्चिम चितवन अण्डा उत्पादक किसान समुहका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनले अन्दोलन सरकार र सरकारी निति केन्द्रित हुने बताउनुभयो ।