फेसबुकमा च्याट गर्न अव म्यासेन्जर एप नचाहिने

फेसबुकमा च्याट गर्न अव म्यासेन्जर एप डाउनलोड गर्न नपर्ने भएको छ ।

सन् २०१४ मा म्यासेन्जरलाई छुट्टै डाउनलोड गर्न बाध्य पारेर फेसबुकले धेरै प्रयोगकर्ताको मन दुखाएको थियो  ।

फेसबुक एपमा च्याट गर्ने सुविधा छैन्, यसका लागि छुट्टै म्यासेन्जर डाउनलोड गर्नुपर्ने हुन्छ  । र, यो बाध्यता चाँडै हट्ने संकेत दिएको छ ।

फेसबुकले आफ्नो एपमै च्याट सुविधा राख्ने तयारी गरिरहेको छ । उक्त कुरा एक एप अनुसन्धाताले फेसबुकले गरिरहेको काम पत्ता लगाएर सार्वजनिक गरेका छन् । फेसबुक एपमा अहिले देखाइने च्याटको संकेतमा क्लिक गर्दा सिधै म्यासेन्जरमा पुगिन्छ ।

मोबाइलमा म्यासेन्जर नभए सिधै प्ले–स्टोरमा पुर्‍याइन्छ । अब उक्त च्याटको संकेतमा क्लिक गर्दा च्याट गर्न मिल्नेछ । फेसबुकले यसबारे आधिकारिक जानकारी दिएको छैन ।