श्रीलङ्कामा फेरि बम विस्फोट भएको छ । राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार फेरि बम बिष्फोट भएको हो ।
स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ ।
गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघरमा भएका श्रृङ्खलाबद्ध बम बिष्फोटमा मृत्यु हुनेको संख्या बिहीबार मध्यान्हसम्म ३६० जना पुगेको छ ।
मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ ।
बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।






