एयर इण्डियाको विमानमा आगलागी

दिल्ली एयरपोर्टमा एयर इण्डियाको विमानमा आगलागी भएको छ । दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इण्डियाको
(बोइङ ७७७)  विमान मर्मतको क्रममा बुधबार राति भएको हो ।

दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इण्डियाको ९बोइङ ७७७० विमान मर्मतको क्रममा बुधबार राति भएको हो ।

कोही पनि नभएको विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगलागी भएपछि तत्काल नियन्त्रण गरिएको भारतीय मिडियाले बताएको छ ।

भारतीय समाचार एजेन्सी एएनआइले ४२ सेकेण्डको भिडियो सेयर गरेको छ जसमा आगो निभाइरहेको देख्न सकिन्छ । एयर इण्डियाले यसलाई सामान्य दुर्घटना बताएको छ ।