अपांगता भएको छोराको हत्या गएको आरोपमा एक जना बाबु पक्राउ परेका छन् । हत्या आरोपमा दोलखाको शैलुङ गाउँपालिका-४ का ४४ वर्षीय चुडाबहादुर रेग्मी पक्राउ परेका हुन् ।
हिडडुल गर्न नसक्ने २२ वर्षीय छोरा बेदबहादुर रेग्मीलाई फोहर गरेको झोकमा चुडाबहादुरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
दोलखास्थित जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार घरमा फोहर गरेपछि उनले छोरा बेदबहादुरको टाउकोमा हतौडाले हानेर हत्या गरि कम्बलमा पोको पारेर खहरे खोलामा फालिएको प्रहरीले जनाएको छ।
स्थानियले बोल्न र हिड्न नसक्ने बेदबहादुरलाई बैशाखको सुरुवातीदेखि नदेखेपछि शंका लागेर प्रहरीलाई खवर गरेका थिए ।




