आदर्श युवा क्लबको आयोजनामा विद्यार्थीका लागि प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम बुधबारबाट सुरु भएको छ । विद्यार्थीलाई स्कुलबाट प्रस्ताव, प्रतिवेदन लेखन सिकाउँदै विकास र समृद्धिम सघाउन तालिम आयोजना गरिएको छ ।
जेनेसेसन एमेजिङ कतार विश्व कप २०२२ को एक युवा नेतृत्व समाजिक उत्तरदायित्व कार्यक्रम तालिम सञ्चालन गरिएको हो । ५ वटा विद्यालयका शिक्षकसहित विद्यार्थी सहभागी भएको तालिममा सामाजिक अभियान्ता सुष्मा पौडेल, पत्रकारहरु फडिन्द्र अकिञ्चन र स्मीता अधिकारीले प्रशिक्षण दिएका छन् ।

मर्सीकोर जेनेरेसन एमेजिङ नेपालका कार्यक्रम संयोजक रवीन्द्र कार्कीले मेर्सीकोर र आदर्श युवा क्लबमार्फत फुटबलको माध्यमबाट सामाजिक परिवर्तनका लागि युवा परिचालनमार्फत विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
सहभागीले तालिमपछि समूह बनाएर सामाजिक मुद्दामा आधारित प्रस्तावना बनाई पेश गर्ने जनाइएको छ । उत्कृष्ट प्रस्तावलाई आदर्श युवा क्लबमार्फत रकम उपलब्ध गराइने क्लब अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । कार्यक्रममा स्मृति ओझा र सुदीप न्यौपानेले पनि बोलेका थिए ।






