छिमेकी विच कुटपिट हुदा एक जना गम्भिर

म्याग्दीको रघुगंगा गाउँपालिका -३ रानीपौवामा छिमेकी विच कुटपिट हुदा एक जना गम्भिर घाईते भएका छन् ।

अन्दाजी ६६ बर्षकी मिन कुमारी कार्कीलाई सोही ठाउँ बस्ने प्रेम कार्की र उनका श्रीमती सुना कार्कीले सामान्य मनमुटाबको विषय लाई हातपात गरेपछि उनि घाईते भएकी हुन् ।

टाउकोमा ढुङाले प्रहार गर्दा घाईते भएकी कार्कीलाई उपचारका लागी पोखरा स्थीत मणिपाल अस्तालमा ल्याईएको छ ।

कुटपिट गर्ने दाम्पत्ती दुबै जनालाई पक्राउ गरी घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।