तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादी स्थित पृथ्वी राजमार्गमा बुधबार यात्रुबाहक वस दुर्घटना हुदा ५ जना घाईते भएका छन् ।
पोखराबाट दमौलीतर्फ जादै गरेको ग१ख ८५०९ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४र५ फिट तल खसेको प्रहरीले जानकारी दिएको छ ।
घाईते हुनेहरुमा तनहुँ म्याग्दे गाउँपालिका-६ बस्ने वर्ष २० को माधब थापा (सह चालक) , पर्वत दलदला गाउँपालिका-८ बस्ने वर्ष ३५ की खिमा चोखाल, तनहुँ शुक्ला गण्डकी नगरपालिका-५ खैरेनीटार बस्ने वर्ष ५२ की सुनमाया सार्की, तनहुँ व्यास नगरपालिका- ९ सिमलचौर बस्ने वर्ष ५२ को प्रेम बि.क. , तनहुँ व्यास नगरपालिका- ९ सिमलचौर बस्ने वर्ष-१८ की प्रमिला बि.क रहेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन् ।
घटना हुनु लगत्तै सवारी र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रनाउ पुरीले बताए






