अफगानिस्तानमा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् ।
उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा कारबाहीका क्रममा तालिबानका जिल्ला कमाण्डर मवलावी रजाकसहित १७ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका सेनाले बुधबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको हो ।
यस कारबाहीको क्रम तालिबान लडाकू समूहले कब्जा गरी राखेका कैयौं गाउँहरु पुनः नियन्त्रणमा लिएको बताइएको छ । सो इलाकामा लडाकू विमानद्वारा कारबाही जारी राखिएको छ ।
यसैबीच, संयुक्त राष्ट्रसंघले सन् २०१९ को शुरुका तीन महिनाको अवधिमा अफगानिस्तानमा पहिलो पटक तालिबान लडाकू र अन्य आतङ्ककारी समूहको आक्रमणमा भन्दा बढी अमेरिकाआबद्ध र सरकारी सेनाको कारबाहीमा परी सर्वसाधारणको ज्यान गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
संयुक्त राष्ट्रसंघद्वारा बुधबार जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय र सरकारी सुरक्षाफौजबाट ज्यान गुमाउनेको अफगानीको संख्या ३०५ पुगेको छ ।






