श्रीमती मारेर टाउको बोकेर हिड्ने पक्राउ

श्रीमतीलाई घनले टाउकोमा हानेर मारेपछि खुर्पाले टाउको छिनाए । यसरी विभत्स ढंगले हत्या गरेपछि फेरि ४२ वर्षीय जय बहादुर वाइवा श्रीमतीको टाउको बोकेर भागे ।

यसरी भाग्दै गरेका ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा बस्ने जयबहादुरलाई प्रहरील पक्रेको छ । मंगलबार बिहान ५ः३० बजे सिन्धुली माइत भएकी श्रीमती ४१ की मनमाया वाइवाको हत्या भएको हो ।

जयबहादुरलाई खुर्पासहित पक्राउ महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ । विपन्न अवस्थाका वाइवा दम्पतीका २ सन्तान छन् ।